कथालय
अङ्क १ साउन–असोज, २०७४
प्रधान सम्पादक
मातृका पोखरेल
सम्पादक मण्डल
सीता शर्मा
गुरुङ सुशान्त
श्याम साह
कार्यकारी सम्पादक
विष्णु ज्ञवाली
प्रकाशक
घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठान
वागबजार, काठमाडौँ
का.जि.प्र.का.द.नं. : २७८/०७३
Email :
kathalayapatrika@gmail.com
blog :
www.ekathalaya.blogspot.com
कम्प्युटर : रञ्जन घिमिरे,
आवरण : वसन्तराज अज्ञात
मुद्रण : प्रिन्ट प्रिभ्यु अफसेट प्रेस प्रा.लि., बागबजार
मूल्य : १००।– (एक सय मात्र)
प्रकाशकीय
अहिले नेपालमा बरु एकैचोटि उपन्यास लेख्ने तर कथामा त्यति मिहिनेत नगर्नेे जस्तो स्वभाव बढ्दै गएको छ । कविता त संसारभरि जहिले पनि बढी नै लेखिने चिज हो, यहाँ पनि लेखिइरहेको छ । उपन्यास र कथा त्यस्ता विधा हुन्, जसले चरित्र–निर्माण गर्दछ तर, अन्य विधाले जस्तै कविताले पनि चरित्र–निर्माणमा सघाउँछ मात्रै । कविताले त विचारको तरङ्ग वा भावनाको तरङ्ग, कुनै असहमति वा आक्रोशलाई एक झट्कामा प्रहार गर्छ र दिशा दिन खोज्छ । संस्मरणले एउटा आकार त दिन्छ तर त्यो पनि चरित्रको कुरा होइन । चरित्र निर्माणमा मूलभूत रूपमा साहित्यमा काम गर्ने विधाचाहिँ आख्यान नै रहेछ । नाटकले पनि केही कामचाहिँ गर्दोरहेछ । नेपाली साहित्यको विशेषतः आलोचनात्मक यथार्थवाद र समाजवादी यथार्थवादका क्षेत्रमा हेर्दा चरित्र निर्माणको क्षेत्रमा हुनुपर्ने काम असाध्यै कम भएको देखिन्छ ।
हामी सबैलाई थाहै छ, गोर्कीले आमा उपन्यास लेखेर पाबेललाई अदालतमा उभिएर ‘म समाजवादी हुँ’ भन्न नलगाएको भए हामी पनि त्यतिबेला पञ्चायत विरोधी हौँ भन्ने आँट गर्दैनथ्यौँ होला । गोर्कीले त्यो चरित्र हामीभित्र रोपिदिए । पाबेल एउटा विशिष्ट चरित्र थियो । पाबेलको अर्थ पनि हामीलाई थाहा थिएन । युरोपियनहरूको परम्परागत देउताको नाम रहेछ त्यो । पाबेलका बारेमा हामीलाई केही पनि थाहा नहुँदा पनि त्यस पात्रले अदालतमा उभिएर जब बोल्यो,‘म समाजवादी हुँ’, हामीलाई पनि भन्न मन लाग्यो । त्यसपछि त दर्जनौँ त्यस्ता मानिसहरू निस्कन थाल्यौँ, जो पञ्चायतका विरुद्ध लस्कर लागेर उभियौँ । यस्ता धेरै पात्रहरू हामी चर्चा गर्न सक्छौँ । दोस्तोएवस्कीको अपराध र दण्ड उपन्यास पढ्दा त्यसको रोडियन भन्ने पात्र जसरी छटपटाउँछ र पुलिसका अगाडि आत्मसमर्पण गर्छ त्यसबाट डिप्रेसनको रोगी पाठकसमेत आफ्नो दिमागी जटिलताबाट निस्कन सक्छ । त्यस्तै ‘चेल्कास’ कथामा रुढिवादी किसानभन्दा चोर कति प्रगतिशील–क्रान्तिकारी भनेर यसरी दिमागमा हाल्दिन्छन् गोर्कीले कि त्यो पत्याउन कर लाग्छ हामीलाई । ‘बुढी इजरगिल’ भन्ने कथाको पछिल्लो खण्डले आम जनताको चरित्र र नेतृत्वमा हुनुपर्ने चुनौतीको बारेमा गजबको चरित्र निर्माण गरिदिएको छ ।
चरित्र–निर्माणमा हाम्रो काम अबचाहिँ बिलकुल पछि पर्न थालेको छ । किनकि, पञ्चायत कालमा लेखिएका कथा–उपन्यासले हामीलाई दिमागभित्र केही न केही हालिराखेका थिए । हरिहर खनालको ‘अजम्मरी गाउँ’ होस्, खगेन्द्र संग्रौलाको ‘मई दिवस’ कथा होस् वा ‘तमोर नदीको किनारै किनार’ होस्, पारिजातको ‘सिटी हलको बुढो ज्यामी’ होस् । कुनै न कुनै ढङ्गले हामीलाई त्यतैतिर लान खोज्थ्यो नै । हामीभित्र चरित्रको बीजारोपण गरिदिन्थ्यो त्यसले । अहिले हाम्रो चरित्रनिर्माण केले गर्छ त ? किनकि मोटामोटी विवाद भए पनि हामी सबैले एक प्रकारले भनिसकेका छौँ– ‘नेपाली समाज मूलभूत रूपमा पुँजीवादमा गयो, अब हाम्रो क्रान्तिको लक्ष्यचाहिँ समाजवादतिर जाने हो ।’ तर, नेपालमा माक्र्सवादी चरित्र कस्तो छ त भन्यो भने सामन्तवादसँग बेस्सरी झोक्किइरहेको अनि पुँजीवादका सकारात्मक कुरासँग चाहिँ डराइरहेको । पुँजीवादका खराब कुरासँग घृणा गर्नु त ठिक हो । तर, पुँजीवादले ल्याएका राम्रा कुराबाट मान्छे आत्तिइरहेको–डराइरहेको छ । लिने कि नलिने भनेर अनि सामन्तवादसँग झोक्किइरहेको छ । चरित्र हाम्रो करिब करिब देखिन्छ, यस्तै । अर्कोतिर, माक्र्सवादी आन्दोलनमा आएका स्खलन विचलन त्यसका पिप र ¥यालहरू यति देखा परेका छन् कि विम्बमा भन्ने हो भने बाग्मतीमा अहिले त्यही मात्र बगेको जस्तो देखिन्छ । त्यहाँबाट एउटा भयङ्कर नकारात्मक चरित्र निर्माण भएर गइराखेको छ । त्यो चरित्रको पर्दाफास गर्ने नयाँ चरित्र हामीसँग कथामा देखिँदैन ? हामी लेखकहरू पनि कस्ता हुन थालेछौँ भने ठ्याक्क एउटा पत्रिकामा जाने, ड्याम्म एउटा राजनीतिलाई ठोक्ने, टाप कसिहाल्ने । त्यो त बिलकुल सजिलो काम हो । हामी समाजवादी क्रान्तितिर जाने भनिसकेपछि पुँजीवादका सकारात्मक कुरासँग पनि डराइरहेको सामन्तवादसँग रिसाइरहेको मात्रै चरित्रले अब नेपाली समाजलाई समाजवादतिर लैजान सम्भव छैन । वास्तवमा त्यो चरित्रले अबको समाजमा नेतृत्व गर्न सक्दैन । किनकि पुँजीवादका सकारात्मक चिजलाई राम्रोसँग अभ्यास गर्ने वा इन्ज्वोय गर्ने, मनोरञ्जित हुने र नकारात्मक चिजलाई झिँगाको लार्भाले विष पचाइदिएजस्तै पचाइदिने चरित्र चाहिएको छ । अबको चरित्र भनेकै पुँजीवादका खराबीलाई पचाएर समाजवादतिर जाने चरित्र हुन्छ । पुँजीवादसँग डराइरहेको र सामन्तवादसँग रिसाइरहेको चरित्रले त हामी अगाडि जान सक्दैनौँ । माक्र्सवादी आन्दोलनको फोहोरको नकारात्मक चरित्रलाई पर्दाफास गर्ने गरी नयाँ चरित्रको उठान कसरी हुन्छ त ? त्यो त साहित्यबाट आख्यानबाट त्यसलाई सुरु नगर्ने हो भने वा दीर्घकालीन ढङ्गले मिहिनेत नगर्ने हो भने त हुनेवाला छैन ।
फेरि हामी सबैलाई थाहा छ, जेजे भने पनि हामी वेदना, सङ्कल्प, झिसमिसेका उत्पादन हौँ भन्न मिल्छ । विचार निर्माण गर्न पनि पनि चरित्र निर्माणको महŒव निकै धेरै छ । तर, हामीकहाँ सबभन्दा कमजोर कामचाहिँ त्यही भयो । साहित्यिक पत्रिका पनि एकाध कथा, कविता, संस्मरण मिसाएर छ्यास्सछुस्स फ्यास्स निस्क्यो, झोलामा बोक्यो, हिँड्यो जस्तो भयो । आख्यानमै केन्द्रित हुने काम त हामीले गर्नै सकेनौँ । यो खाडलचाहिँ हामी सबै मिलेर पुर्नु प¥यो । नेपालमा हामी वामपन्थी धेरै नै छौँ । कचल्टिएका मान्छे भए पनि हामी धेरै नै छौँ । यस्तो अवस्थामा चरित्र निर्माणमा हामीले केही न केही काम त गर्नुपर्ने हो ।
मूलभूत रूपमा अबको पुस्ता निर्माण गर्न हामीले चाहिँ चरित्र–निर्माणको आख्यानमा केन्द्रित हुने दिन आएको छ । यसमा भ्वाङ परेको छ । यो आख्यानमा काम गर्नुपर्ने, चरित्र निर्माणमा जोड दिनुपर्ने जुन खालीपन छ, त्यसलाई भर्नका निम्ति कथामा मात्रै, आख्यानमा मात्रै केन्द्रित भएर केही गर्न पाइयो भने कमसेकम हाम्रो ध्यान बिस्तारै चरित्र निर्माणतिर खिचिएर जान्छ कि । यतातिर जानै पर्नेछ । नत्र त भने उसले उसको मुख हेर्ने उसले उसको मुख हेर्ने, रिस उठेका दिन रिसाउने खुस उठेको दिन हाँस्ने मात्रै भो । त्यसको एउटा शृङ्खलामा चरित्र निर्माणको कुरा त भएन । कहीँबाट त सुरु गर्नैपर्ने भयो । राजनीतिक पार्टीहरूलाई गाली गरेर मात्रै पनि चरित्र बन्ने कुरा भएन । हुँदो रहेनछ त्यो । चरित्रहरू निर्माण गर्ने प्रयत्न सबैतिरबाट सुरु भयो भने त्यसले एउटा आकार ग्रहण गर्ने सम्भावना हुने भयो । प्रयत्न नै भएन भने त आकार ग्रहण गर्ने कुरा चट्याङ परेझैँ आउँदैन । युद्धकथा लेख्यो भने एकथरिले माओवादीभित्रका खराब कुरामात्रै लेखिदिने अनि अर्कोथरिले त्यो जस्तो महान् कुरा केही पनि थिएन भनेर लेखिदिने । यस्तो गरेर त कसरी चरित्र निर्माण हुन्छ र ? हुने कुरै भएन । लेखक इमानदार भयो भने उसले दुश्मनको कुरा पनि इमानदारीपूर्वक लेख्छ, बेठीक पात्रको कुरा पनि इमानदारीपूर्वक लेख्छ ।
हामीले त्यस्तो पत्रिका निकाल्न खोजेका हौँ, जुन समाजवादी यथार्थवादको भनेर पूरै ‘टाइट प्लान’मा पनि होइन कि आलोचनात्मक यथार्थवादसम्मलाई राम्रोसँग स्थान दिने गरी समाजवादी यथार्थवादलाई मूलभूमि बनाएर जाने खालको हुनेछ । यसलाई हामीले नेपालका जुनसुकै पार्टीहरूमा रहेका भए पनि समाजवादी यथार्थवादी आख्यानमा काम गर्न चाहनेहरूको साझा पत्रिका बनाउन खोजिरहेका हौँ । एउटा पार्टीका लेखकले लेखेर मात्र यो आख्यान बन्दैन, पुग्दैन । जो समाजवादी यथार्थवादप्रति इमानदार छ, त्यसले लेख्नुप¥यो र बुर्जुवासँग लड्नुप¥यो भनेर यसरी सोच्न खोजिएको हो । नेपालको संविधानले समेत समाजवादतिर जाने भनिसकेपछि समाजवादी चरित्र कसरी निर्माण गर्ने भन्ने बारेमा एउटा मञ्च कथालय पत्रिकालाई बनाऔँ । समाजवादको सपना देख्न सक्ने नयाँ पुस्ताका लागि नयाँ चरित्र निर्माणमा जुटौँ ।
विषयक्रम
कथा
गङ्गाराम : आन्विका गिरी/५
बर्मेली दम्पती : घनश्याम ढकाल/१३
आदेश भित्रको पीडा : देविका तिमिल्सिना/१९
कठपुतली : पुण्य कार्की/२१
बिलेकिया : श्याम साह/२५
ट्वान्टीवान : स्नेह सायमि/३२
सहिदगेटकी आमा : हरिहर खनाल/३४
समीक्षा/समालोचना
किरा नलागेको बन्दाकोभी : पल्पसा क्याफे :आहुति/३८
नेपाली कथामा समाजवादी यथार्थवाद : प्रभाव र विकास : प्रा.डा. गोपीन्द्र पौडेल/४२
विश्वसाहित्य
बुढी इजरगिल : मेक्सिम गोर्की (अनुवाद : खगेन्द्र संग्रौला)÷७७
नेपाल भाषा
रुखहरू लाजले झुकिरहे : रामशेखर नकर्मी (अनुवाद : सुरेन्द्रराज गोसाई)/९४
मिथक कथा
लोभले लिन्छ ज्यान : धनप्रसाद सुवेदी ‘श्रमिक’/९८
अन्तर्वार्ता
मेरो जीवनको नागबेली यात्रा, तनावदेखि तनावसम्मको कथा : खगेन्द्र संग्रौला÷१००
No comments:
Post a Comment